अनलाइन नृत्य प्रतियोगिता सम्पन्न



काठमाडौँ।
बडा दशैं र तिहारको अवसर पारेर लक्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न भएको दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा देशभरबाट अनलाइन माध्यममार्फत ४०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएका थिए, जसबाट उत्कृष्ट १०० जना छनोटमा परेका थिए।

उक्त छनोट निर्णायक मण्डलमा पुनम कपाली, मणि के. राई, सुष्मा सिंह र सुशीला श्रेष्ठ रहेका थिए। छनोटमा परेका मध्ये ५३ जना प्रतियोगीहरूबीच अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा हास्य कलाकार किरण केसी (राता मकै) उपस्थित थिए भने निर्णायक मण्डलमा सन्दीप भुजेल, पुनम कपाली, आरती आचार्य र सुशीला श्रेष्ठ रहेका थिए।

प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट दश जनालाई विशेष उपहार प्रदान गरिएको थियो।

६ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले सहभागिता जनाएको यस प्रतियोगितामा पहिलो स्थान सलिन मगर, दोस्रो स्थान सम्मानिका बस्नेत र तेस्रो स्थान निपूर्णा कपालीले हासिल गरेका थिए।

संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्तले आगामी दिनमा आयोजना गरिने कार्यक्रमहरू घोषणा गरेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरण केसीले यस्ता प्रतियोगिताले बालबालिकाको मनोबल वृद्धि गर्नुका साथै भविष्यमा निरन्तरता दिएमा यस क्षेत्रमा राम्रो सम्भावना र आम्दानी पनि रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन चर्चित उद्घोषिका सेसेमी लिम्बुले गरेकी थिइन् भने इभेन्ट डाइरेक्टरको रूपमा सुभाष श्रेष्ठ प्रधान रहेका थिए ।

Copyright © 2012 - 2026 | All Right Reserved.