चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा


काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट प्रदर्शनमा आएको छ । उँधौली पर्वको बिदाको अवसर पारेर आज (बिहीबार) बाट यो चलचित्र रिलिज भएको हो । चलचित्रमा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । ‘अभिमन्यु : च्याप्टर १’ले अधिकांश मल्टिप्लेक्समा सन्तोषजनक शो पाएको छ ।

सोमबार भएको प्रिमियरमा उपस्थित हुनेले चलचित्र राम्रो रहेको प्रतिक्रिया दिएका थिए । प्रिमियरमा पाएको प्रतिक्रियाजस्तै दर्शकबाट पनि सकारात्मक वर्ड अफ माउथको अपेक्षा निर्माणपक्षले राखेको छ ।

चलचित्रले उठान गरेको विषय, मेकिङ, प्रस्तुति र अभिनयको तारिफ फिल्म मेकर र कलाकारबाट आएकाले दर्शकले पनि सिनेमा मन पराउनेमा यसका कलाकार पनि विश्वस्त छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ । चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर वाङ्ग्देल लगायत कलाकारको अभिनय छ । अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन् ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतो डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादक रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.