चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक


काठमाडौं। निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ।

चलचित्रको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दैछन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।

‘कुमारी’मा चार गीत रहनेछन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।

यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.