बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६ ‘द चेन्ज’ चयन


काठमाडौँ। आगामी जनवरी ६ देखि १० गतेसम्म बंगलादेशको बोगुरा शहरमा आयोजना हुन लागेको छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFF) मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ। महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा इन्टरनेशनल ओपन डोर दुवै सेग्मेन्टमा यो फिल्म छनोट गरिएको छ।

डब्बु क्षत्रीद्वारा निर्देशित ‘द चेन्ज’ यसअघिको दोस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा समेत उत्कृष्ट उपलब्धि हासिल गरिसकेको छ। जहाँ निर्देशक डब्बु क्षत्रीले उत्कृष्ट निर्देशक, प्रवण भुसालले उत्कृष्ट अभिनेता, र सरिता भारतीले अभिनेत्रीको जुरी अवार्ड जितेका थिए।

२१ मिनेटको यो लघु चलचित्रले नेपाली समाजमा अझै पनि विद्यमान महिनावारीका कारण महिलालाई भान्सा तथा पानीबाट अलग राख्ने, पुरुषलाई छुन नहुनेजस्ता छुवाछुतपूर्ण कुरीतिमाथि प्रश्न उठाएको छ। यस्ता कुरीतिबाट उत्पन्न सामाजिक समस्यालाई यसले गहिराइका साथ प्रस्तुत गरेको छ।

बिलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको ‘द चेन्ज’मा प्रवण भुसाल, अभिनेत्री तथा गायिका सरिता भारती, कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीलगायत कलाकारको अभिनय रहेको छ। फिल्ममा रामशरण उप्रेतीको छायांकन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन तथा ओम सुनारको पाश्र्वसंगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.