‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल


काठमाडौं । दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका कारण र मामाको विरासतका कारण उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ ।

आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’ लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ ।

दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छिन्:
“मेरो सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु । शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु ।”

उनका अनुसार नेपाली समाजमा वंश निरन्तरता महत्त्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ ले उठान गरेको छ।

“यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ । सिनेमाले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ,” उनले थपिन् ।

न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययनको अनुभवले गर्दा उनले ‘हर्ष’ मा नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.