‘रुवाउने मात्र होइन, हर्षित पार्ने सिनेमा’: वर्षा राउतलाई ‘हर्ष’ माथि ठूलो अपेक्षा


 

काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो दशौँ वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत ले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ मा निर्वाह गरेको केन्द्रीय भूमिकाप्रति उत्साहित छिन् ।

‘नाइँ नभन्नू ल ४’ बाट करियर सुरु गरेकी वर्षाले यसअघिका धेरैजसो मल्टिस्टार फिल्महरूमा ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारी को भूमिकामा देखिएकी उनी ‘हर्ष’ मार्फत केन्द्रमा आउँदैछिन् ।

केन्द्रीय भूमिकामा देखिएपछि दर्शकले आफ्नो कामलाई तहगत रूपमा मूल्याङ्कन गर्नेमा उनी ढुक्क छिन् ।

केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ । दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु, उनले भनिन् ।

‘ऐँचो पैँचो’ बाट राम्रो प्रशंसा पाएकी वर्षाले ‘हर्ष’ मा वास्तविक जीवनभन्दा अलग, निर्देशकले खोजेको चरित्रलाई उतारेको स्पष्ट पारिन् ।वर्षाले ‘हर्ष’ ले दर्शकलाई खुशीको आँसु दिने बताइन् ।

यसले आँसु त झारिदिन्छ, तर हर्षका । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ जस्तो लाग्छ,” उनले भनिन् ।एकता पौडेल को डेब्यु निर्देशनमा बनेको यो फिल्ममा वर्षालाई अभिनेता खगेन्द्र लामिछाने सँग जोडीको रूपमा देख्न सकिन्छ । फिल्म मंसिर १२ गते ुअलु नेपाल रिलिज हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.