अनमोलको चलचित्र ‘बाटुलो जून’ शुभसाइत


काठमाडौं । चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।

पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता अनमोल केसी प्रमुख भूमिकामा रहने चलचित्रमा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले साथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने ‘बाटुलो जून’मा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा अभिनयमा रहनेछन् ।

निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । अनमोललाई हिजोको दिनमा देख्दै आउनुभएको भन्दा भिन्न लूक्स र अबतार दर्शकले यो चलचित्रमा देख्न सक्नुहुनेछ, निर्माता जीया केसीले भनिन्, ‘यो चलचित्र नेपाली समाजको कथा, हरेक परिवारको कथा र पछिल्लो पुस्ताका युवायुवतीहरूको आफ्नै कथा बन्नेमा हामी विस्वस्त छौं ।’

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्यूअलसहित फ्लोरमा निस्केको यो चलचित्रलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिने निर्माण टिमले बताएको छ । चलचित्रमा तेजबिक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको चलचित्रमा छायांकन राजेश श्रेष्ठको रहनेछ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.