आर्यनले भन्न थाले नाम किन चाहियो पहिचान नै काफी छ (भिडियो)


‘ब्ल्याक स्याडो प्रोडक्शन’को ब्यानरमा निर्माण भएको चलचित्र ‘नाईके’को नयाँ ट्रेलर सार्बजनिक भएको छ । चलचित्र ‘नाईके’लाई नेत्र गुरुङले निर्देशन गरेका हुन् ।
Naaike-poster
आउदो मंसिर १९ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र मार्फत नेपाली रजतपटमा ‘लभरब्वाए’को छबि बनाएका अभिनेता आर्यन सिग्देल उक्त छबि परिबर्तन गर्दै पहिलो पटक एक्सन लुक्समा देखा पर्दै छन्। आर्यनसंगै सुर्बिना कार्की,रेम बिक,बोधराज रेग्मी,सारिका केसी,विजयराज सेन्चुरी,सुरज आरडी,राजु कमेडी लगायतको अभिनय रहेको चलचित्रलाई बिष्णु हमालको कार्यकारी निर्माणमा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले निर्माण सहयोग गरेका छन् ।

ताराप्रकाश लिम्बुको संगीत तथा सानुकुमार महर्जनको द्वन्द निर्देशनमा रोशन लामिछानेको सम्पादन र सत्यराज चौलागाईंको मुख्य सहायक निर्देशनमा बनेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका हुन् । इन आर्ट फेसन हाउसको पृथक कस्टुम (कुर्ती) डिजाइनमा अधिकांस दृश्य पोखरामा छायांकन गरिएको चलचित्रले आर्यनलाई नयाँ हाइटमा पुर्याउने अपेक्षा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.