अभिनेत्री विना मलिक लाइ २६ वर्ष जेल सजाए


(सेलिब्रेटी नेपाल) पाकिस्तान
मोडल तथा कलाकार विना मलिकलाई पाकिस्तानको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ।
गिलगित-बाल्टिस्तानको आतंकवाद निरोधक अदालतले विना र जियो टीभीका मालिक मीर शकीलुर रहमानलाई २६ वर्षको जेल सजाय सुनाएको हो । समाचार एजेन्सीहरुका अनुसार जीयो टीभीमा प्रसारित एक कार्यक्रममा धार्मिक गीतमा विना मलिकले आफ्नो पतिसँग नृत्य गरेको देखिएको थियो ।
bina malik
कोर्टका न्यायधिश शाबाज खानले कार्यक्रम सञ्चालिका शाइस्ता वाहिदीलाई पनि २६ वर्षको कैद सजाय सुनाइएको छ । अदालतले कैद सजायसँगै सबैलाई १३ लाख पाकिस्तानी रुपैंया जरिवाना पनि तोकिएको छ । अदालतले उनीहरुले जरिवाना नतिरे सबै सम्पति जफत गर्ने पनि चेतावनी दिएको छ ।

न्यायधिशले १० पृष्ठ लामो फैसला सुनाउँदै दोषीहरुलाई तुरुन्त गिरफ्तार गर्न पनि आदेश दिएका छन् । तर दोषी ठहरिएका सबै पाकिस्तान बाहिर छन् । रहमान युएईमा बस्छन् भने अन्य ३ जना आतंकवादी संगठनको धम्कीका कारण अन्य मुलुकमा विस्थापित भईसकेका छन् ।