‘आ बाट आमा’ का दुई पोस्टर सार्वजनिक


काठमाडौँ। आउँदो माघ १६ गतेलाई रिलिज मिति तय गर्दै फिल्म ‘आ बाट आमा’ टिमले बुधबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ। यी पोस्टरले फिल्मको कथावस्तु र भावनात्मक पृष्ठभूमिलाई झल्काउँछन्।

‘बा–आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने मार्मिक स्लोगनले फिल्मले आमाबुबा र सन्तानबीचको सम्बन्धलाई गहिरो रूपमा चित्रण गर्ने संकेत गर्दछ।

पहिलो पोस्टरमा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त र साइग्रेस पोखरेललाई खुशी मुद्रामा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा सबै पात्र भावुक मुद्रामा प्रस्तुत भएका छन्। विपना र प्रदीप श्रीमान–श्रीमतीका रूपमा एकअर्काको अगालोमा बेरिएर रुँदै देखिन्छन् भने छोराको भूमिकामा रहेका पल शाह रगताम्य अवस्थाम छन्।

ग्रामीण परिवेशमा आधारित यो फिल्म आमाबुबा र सन्तानबीचको भावनात्मक सम्बन्ध र पीडालाई केन्द्रमा राखी निर्माण गरिएको हो। फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। उनी नै फिल्मका लेखक र पटकथा लेखक समेत हुन् भने फिल्मको प्रस्तुति आर्या पन्तको रहेको छ।

फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी, दिलिप उखेडा र रचना गौतम लगायत कलाकारको अभिनय रहेको छ।

‘आ बाट आमा’को निर्माण आर्या इन्टरटेन्मेन्टको ब्यानरमा भएको हो। फिल्मका निर्माता ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्।

फिल्मको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको रहेको छ।

यस फिल्मको विदेशी प्रदर्शन अधिकार पनि केही देशमा बिक्री भइसकेको छ। अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्टले प्राप्त गरेको निर्माण पक्षले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.