युना डिजिटलले लियो ‘पीआर’को जापान प्रदर्शन अधिकार


काठमाडौं। मंसिर २६ गतेबाट सर्वत्र प्रदर्शनमा आउने नेपाली चलचित्र ‘पीआर’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ। जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना डिजिटलले उक्त अधिकार खरिद गरेको हो।

चलचित्रका निर्देशक शोभित बस्नेतका अनुसार ‘पीआर’ जापानमा ‘सोल्ड आउट’ भइसकेको छ। उनले भने, “जापानका लागि फिल्म राम्रो रकममै बिक्री गरिसकेका छौँ। अन्य देशका वितरकहरुसँग पनि छलफल भइरहेको छ, चाँडै थप जानकारी सार्वजनिक गर्छौँ।”

निर्देशक बस्नेतका अनुसार फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको संवेदनशील कथामा आधारित छ। उनले थपे, “विदेशमा बस्ने नेपाली युवाको यात्रा र नेपालमा रहेका अभिभावकको अपेक्षालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।”

हालै सार्वजनिक भएको गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। युट्युब ट्रेन्डिङमा पुगेको यो गीतका अंशहरू टिकटकमा हजारौँ छोटा भिडियोमार्फत भाइरल बनेका छन्।

फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायललगायत कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।

चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन्। लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता हुन्। फिल्मको लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद तथा छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मेवारी आर.आर. फिल्म्सले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.