६ जना कमेडियनले ‘हाँस्छ अमेरिका’ टूरमा प्रस्तुति दिने


काठमाडौं । ६ जना चर्चित नेपाली कमेडियनले अमेरिकामा आयोजना हुने स्ट्यान्डअप कमेडी टूरमा हाँस्य प्रस्तुति दिने भएका छन् । फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा ‘हाँस्छ अमेरिका ः भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरको आयोजना गरेका छन् ।

अहिलेका चर्चित कमेडियन भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुति दिने तय भएको हो ।

‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले भने । डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको जानकारी समेत उनले दिए । १५ सहरमा गर्ने भनिएपनि नाम र मिति यकिन हुन बाँकी छ ।

‘ यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्’ पछाईले भने, ‘अब सहर बुकिङ खुला भएको छ ।’

कमेडियन भरतमणीका अनुसार उनको टोली नोभेम्बर अन्त्यतिर अमेरिका उड्नेछ । टूरमा कलाकारले अहिले प्रसारण भैरहेको ‘कमेडी नाइट विथ च्याम्पियन्स’ मा निर्वाह गरेका कतिपय चरित्र प्रस्तुत गर्नेछन् ।

भरतमणी र सुमन कोइरालाले घरबेटी र माइकलको भूमिका गर्ने भएका छन् । कैलाशले भिकारी, सजनले स्ट्यान्ड अप, मेक्सम गौडेल र सुमन कार्कीले कुन चरित्र निर्वाह गर्ने तय हुन बाँकी छ । फेम नेपालले टेक्सासमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्दै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.