
काठमाडौं । नायिका आना शर्मा को मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ता निर्देशित यो फिल्म आगामी माघ २३ गते बाट रिलिज हुने पक्का भएको छ ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । महिला केन्द्रित यस फिल्ममा आना शर्मा ‘रमी’ पात्रको भूमिकामा छिन् । फस्टलुकमा उनलाई विभिन्न लुक्समा देख्न सकिन्छ ।
फिल्ममा आना शर्मासँगै नायकहरू धिरज मगर र विनय श्रेष्ठ छन् । गायक समीर श्रेष्ठ ले यसै फिल्ममार्फत नायकको रूपमा डेब्यु गर्दैछन् ।
अभिनेत्री आना शर्माले कथावस्तु फरक लागेकाले आफू यो फिल्ममा जोडिएको बताएकी छन् । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मले नयाँ आयाम बोकेको भन्दै शुभकामना दिए ।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको यस फिल्मका निर्माता सागर लम्साल हुन् । शिशिर विशांखे को छायांकन रहेको यो फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट ले वितरण गर्नेछन् ।



