नेपाली चलचित्रमा सार्कको अशर


(सेलिब्रटी नेपाल)काठमाडौँ
सार्क सम्मेलन नजिकिय लगत्तै, नेपाली चलचित्रमा पनि ठुलो प्रभाव परेको छ । काठमाडौँ नगरीलाई सरसफाई गर्ने क्रम बढे पछि नेपाली चलचित्रकर्मीहरु ठुलो मारमा परेका छन् | आफ्नो चलचित्रको प्रचार प्रसारमा कमी आएको उनीहरुको गुनासो रहेको छ । सरसफाई बढे पछि, चलचित्रको पोष्टरहरु ठाउँ ठाउँमा टास्न नपाएकोले चलचित्रको ब्यापारमा कमी आउन सक्ने उनीहरुको भनाइ छ । गत हप्ता देखि प्रदर्शनमा आएका दुइ नेपाली चलचित्रहरु ‘हमजाएगा’ र ‘श्री ५ अम्बरे’ ले आफ्नो पोष्टरहरु विभिन्न ठाउँमा टास्न नपाउदा चलचित्रको प्राचारमा कमी आएको र यसले ब्यापारमा समेत अशर पर्ने अनुमान लाउन सकिन्छ; तथापी यसले चलचित्रको आर्थीक भार कम भने गरेको छ ।
humjaega-shree-5-ambare
त्यस्तै यो साता देखि प्रदर्शनमा आउने भनिएका चलचित्रहरु ‘मिस्टेक’ र ‘लफंगा’लाई पनि सार्क सम्मेलनले अशर पार्ने अनुमान लगाईएको छ । यी दुइ चलचित्रहरुको अन्य प्रचारमा पनि कमी देखिएको छ ।