माओत्से गुरूङको ‘पेन्सन पट्टा’ वितरण आरआर फिल्म्समार्फत


काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरूङ निर्देशित नयाँ फिल्म ‘पेन्सन पट्टा’ आगामी मङ्सिरको दोस्रो सातादेखि छायाङ्कनमा जाने भएको छ। गुरूङकै लेखन र निर्माणमा तयार हुन लागेको यस फिल्मले भूपू लाहुरेहरूको जीवन यात्रा र एक लोभी युवकको परिवर्तित सोचलाई कथामा उभ्याउनेछ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, पुस्कर गुरुङ, प्रकाश गिरी, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहने छ। केही अन्य कलाकारको छनोट प्रक्रिया जारी रहेको निर्देशक गुरूङले जानकारी दिए।

माओत्से गुरूङ फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘पेन्सन पट्टा’ को वितरण अधिकार आरआर फिल्म्स ले पाएको छ। यसका लागि निर्देशक गुरूङ र आरआर फिल्म्सका रोहित कट्टेलबीच मंगलबार औपचारिक सम्झौता भएको हो।

यसअघि फिल्म ‘दयारानी’ निर्देशन गरिसकेका गुरूङ लामा समयदेखि गाउँ जीवन र मौलिक कथामा आधारित फिल्म निर्माणमा सक्रिय छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.