‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा


काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बन्ने चलचित्र ‘पाँच पाण्डव’ को शुभमुहूर्त गरिएको छ । काठमाडौंको गणेशथानमा आज यो चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकार पुगेका थिए । चलचित्रमा हरिवंश आचार्य, सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले) रहनेछन् । यी कलाकार नै यो चलचित्रका मुख्य पात्र हुन् । ‘पाँच पाण्डव’को भूमिकामा यी कलाकार रहनेछन् ।

चलचित्र नाम अनुसारकै धार्मिक नभएर सोसल ड्रामा भएको निर्माणपक्षले प्रष्ट पारेको छ । पाँच पाण्डव हिन्दु महाकाव्य महाभारतका केन्द्रीय पात्र हुन् । त्यस्तै छविलाई चलचित्रसँगै जोडिएको अनुमान लगाउन भने सकिन्छ ।

चलचित्रमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव को–का हुन् भन्ने प्रष्ट पारिएको छैन । तर, उमेर र छविका हिसावले हरिवंश युधिष्ठिर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार ‘पाँच पाण्डव’को महिला पात्रमा दीपाश्री निरौला र जनी गुरुङ रहने छन् । चलचित्रका अन्य केही कलाकारहरू अन्य केही फाइन बाँकी रहेको निर्देशक निरौलाले जानकारी दिए ।

काली रानी फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । पटकथा तथा संवाद पनि उनकै रहेको छ । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् ।

यसअघि गतवर्ष नवीनले चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । केही महिना भित्र छायाकंन सुरु गरिने चलचित्रको प्रोडक्सन म्यानेजरमा दिलिप पन्त रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.