१४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल माघमा


काठमाडौँ। १४औँ नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२६ आगामी माघको पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ। कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजनामा, चलचित्र विकास बोर्डको सहआयोजनामा हुने यो महोत्सवका लागि चलचित्र दर्ता खुला गरिएको छ।

फेस्टिभलमा नेपाली, आदिवासी, वृत्तचित्र, लघु र म्युजिकल फिल्महरू समावेश गर्न सकिनेछ। आवेदन फिल्मफ्रिवे डटकम वा आयोजकको कार्यालय मार्फत दिन सकिन्छ।

अध्यक्ष डा. मञ्जु मिश्रका अनुसार, महोत्सवले नेपाल र अफ्रिकाबीचको संस्कृतिक आदान प्रदानमा योगदान दिँदै आएको छ। निर्देशक डब्बु क्षत्रीका अनुसार, मंसिरको अन्त्यसम्म फिल्म चयन सूची सार्वजनिक गरिनेछ।

यस वर्ष फेस्टिभलमा विदेशी फिल्मकर्मीको सहभागिता, अवार्ड वितरण, नृत्य प्रशिक्षण, जेनजेड पुस्ताबारे अन्तरक्रिया, मास्टर क्लास र कलाकार चित्र प्रदर्शनी समेत हुनेछन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.