
काठमाडौँ। नेपालकै पहिलो इम्प्रभ कमेडी शो द फन्टुस शो शनिबारबाट ओएसआर रियालिटी मार्फत प्रसारण सुरु भएको छ । कार्यक्रम हरेक शनिबार राति ९ बजे प्रसारण हुनेछ।
हिल्स एण्ड होराइजन फिल्म्सले प्रस्तुत गरेको यो शोको निर्देशन चर्चित कमेडियन कैलाश कार्कीले गरेका छन्। कार्यक्रमलाई अर्का चर्चित कमेडियन सन्तोष थापाले होस्ट गरेका छन् ।
कार्यक्रममा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना प्रतिस्पर्धीका रूपमा सहभागी छन्। उनीहरूले विभिन्न चरणमा फरक–फरक इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्।
शो तीन राउन्ड सिल्भर, गोल्ड र डायमण्ड मा विभाजन गरिएको छ। प्रत्येक राउन्डमा छ एपिसोड रहनेछ र एलिमिनेशन तथा वाइल्डकार्ड प्रणाली लागू हुनेछ। यसरी २० एपिसोडको अन्त्यमा एक जना विजेता घोषणा गरिनेछ।



