
काठमाडौं। लोकप्रिय गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘माया हुन्छ भन न’ सार्वजनिक भएको छ। गीतमा ज्ञानेन्द्र गडालको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको छ।
एम.एस. प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको गीतको म्युजिक भिडियो काजी टेक कटुवालले निर्माण गरेका हुन्। भिडियोमा श्रीकृष्ण निरौला र मेनुका माझीले अभिनय गरेका छन् । मेनुका मैथली / भोजपुरी गितकी चर्चित मोडल एवम अभिनेत्री समेत हुन भने श्रीकृष्ण निरौलाले सिटामोल नामक चलचित्रमा शसक्त अभिनय गरेका छन्। दुवैले भिडियोमा राम्रो काम गरेको देखिन्छ ।
प्रेम, मिलन र बिछोडको भावनात्मक कथालाई समेटिएको भिडियो दिनेश पराजुलीले छायांकन र कपलेश विश्वकर्माले सम्पादन गरेका हुन्।
गीत सार्वजनिक भएयता दर्शक र श्रोताबाट उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ। गीत मेनुका माझीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।



