‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री


काठमाडौं। निर्देशक विजय केरुङ निर्देशित चलचित्र ‘परिवर्तन’ का विदेशी प्रदर्शन अधिकार क्रमशः जापान, कतार र यूएईमा बिक्री भएका छन्। टिजर सार्वजनिक भएको केही समयमै यी तीन देशका अधिकार बिक्री भएको निर्माता दीपक सिवाकोटीले जानकारी दिए।

उनका अनुसार कतार र यूएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको छ भने जापानको अधिकार युना इन्टरटेनमेन्टले किनेको हो। सिवाकोटीका अनुसार अन्य देशका वितरकहरूसँग पनि कुरा भइरहेको छ।

विदेशी बजारमा प्रदर्शन अधिकार बिक्रीसँगै ‘परिवर्तन’ प्रति दर्शक र वितरक दुवैको उत्साह बढेको देखिन्छ। देश परिवर्तनको सन्देश बोकेको यस चलचित्रको टिजर छठ पर्वको अवसरमा सार्वजनिक गरिएको थियो। टिजरमार्फत फिल्मले देशमा व्याप्त भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका लागि सोच्ने बेला आएको सन्देश दिन खोजेको छ।

चलचित्रमा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रूपमा देख्न सकिन्छ। टिजर रिलिजपछि उनी विशेष चर्चामा आएका छन्। निर्माता सिवाकोटी स्वयंले लेखेको यस फिल्ममा अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल र आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय छ।

चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् भने संगीत एस.डी. योगीको रहेको छ। एक्सन निर्देशन श्री श्रेष्ठ, छायांकन शिव ढकाल र सम्पादन बन्दे प्रसादले गरेका छन्। नेपालभर प्रदर्शनको वितरण अधिकार आर.आर. फिल्म्सले लिएको छ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.