प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक


काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ ।

यही चलचित्रको अर्को गीत ‘न्याउली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.