गागलफेदीपछि याङ्जाकोटमा ‘डल्लेले इन्ट्री मार्याे’


काठमाडौं। हाँस्यप्रधान सामाजिक कथानकमा आधारित चलचित्र ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ कास्कीको याङ्जाकोटमा सुरु भएको छ। तिहारअघि केही दिन काठमाडौंको गागलफेदी आसपासमा दृश्य खिचिसकेपछि मंगलबारदेखि याङ्जाकोटमा मुख्य सुटिङ सुचारु गरिएको निर्देशक राजु गिरीले जानकारी दिए।

उनका अनुसार चलचित्रका करिब ९० प्रतिशत दृश्य याङ्जाकोट क्षेत्रमा छायांकन गरिनेछन्। लक्ष्मण सुवेदीको लेखनमा बनेको चलचित्रमा सागर लम्साल (बले) शीर्ष भूमिकामा छन्। उनी ‘डल्ले’ को चरित्रमा देखिनेछन्। सागरसँगै रमेश बुढाथोकी, रोशनी खड्का, हेमन्त बुढाथोकी, रबिन्द्र झा, बिनोद न्यौपाने, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, ओसिन भट्टराई, लक्ष्मीनाथ तिमिल्सिना, मोहनकृष्ण श्रेष्ठ, रामहरि खड्का, सुचेन्द्र परियार, र निर्देशक गिरी स्वयंको पनि अभिनय रहनेछ।

चलचित्रको छायांकन श्याम लामाले, मुख्य सहायक निर्देशन बिनयराज पौडेलले, र निर्माण व्यवस्थापन सुमन काफ्लेले सम्हालेका छन्। त्यस्तै अशोक रोक्काले श्रृंगार, देव महर्जनले द्वन्द्व निर्देशन र अर्जुन पोखरेलले गीतको जिम्मेवारी वहन गरेका छन्।

उषा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको ‘डल्लेले इन्ट्री मार्याे’ को सुटिङ करिब एक महिनाभित्र सक्ने लक्ष्य निर्माण टिमले राखेको छ। निर्देशक गिरीले चलचित्रलाई २०८२ सालको अन्त्यतिर दर्शकमाझ सार्वजनिक गर्ने योजना रहेको बताएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.