गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ


काठमाडौँ। गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकार, आफन्त, शुभेच्छुक तथा प्रशंसकहरूको उल्लेख्य उपस्थिती थियो।

गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी पौडेलको उपचारका क्रममा शुक्रबार निधन भएको हो । आत्मदाह प्रयासपछि उनलाई तत्काल उद्धार गरी कीर्तिपुर बर्न अस्पताल लगिएको थियो।

नितुको मृत्युपछि परिवारजनले घटनामा गम्भीर शंका व्यक्त गर्दै दोषीलाई कारबाहीको माग गरेका छन्। परिवारको उजुरीका आधारमा प्रहरीले संगीतकार तथा गायक बाबुल गिरीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएको छ। बाबुल हाल प्रहरीको नियन्त्रणमा रहेका छन्।

परिवारको दाबी अनुसार, नितुले भोग्दै आएको मानसिक तनाव र परिस्थितिका कारण उनलाई यस्तो कदम चाल्न बाध्य बनाइएको हो। नितुको असामयिक निधनले सांगीतिक क्षेत्र शोकाकुल बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.