ओएसआर डिजिटल १ करोड सब्स्क्राइबर क्लबमा, नेपाली डिजिटल क्षेत्रमा ऐतिहासिक उपलब्धि


काठमाडौं । नेपाली डिजिटल बजारमा अग्रणी मानिने ओएसआर डिजिटल युट्युब च्यानलले १ करोड (१० मिलियन) सब्स्क्राइबर प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको छ। व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये १ करोड सब्स्क्राइबर पार गर्ने ओएसआर पहिलो नेपाली च्यानल बनेको छ।

यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको छ। प्रबन्ध निर्देशक ओम अग्रवालले १ करोड सब्स्क्राइबर पुगेको अवसरमा दर्शक, कलाकार, संगीतकर्मी र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए।

उनका अनुसार भि.सि.डी. र डि.भि.डी.बाट सुरु भएको मनोरञ्जन यात्रा युट्युबमा आएको यो चरणसम्म पुग्न धेरै चुनौतीका बाबजुद प्रेरणादायी बन्न सफल भयो। “तपाईंहरूले हेरेको हरेक भ्युज , लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो,” अग्रवालले भने, “दर्शकको साथले यस सपनालाई आज यति ठूलो परिवार बनाइदिएको छ।”

ओएसआर डिजिटलले नेपाली चलचित्र, गीत–संगीत, वेब सामग्री र मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै डिजिटल बजारमा आफ्नो उपस्थिति मजबुत बनाएको छ। च्यानलले अब अन्तर्राष्ट्रिय स्तरमा सामग्री विस्तार गर्ने योजना समेत अघि बढाएको बताइएको छ। ओएसआर डिजिटलको अर्को च्यानल ओएसआर रियालिटी र ओएसआर मुभिज पनि एक्टिभ रुपमा चलि रहेका छन्, यी दुवै च्यानलमा २ मिलियन बढी सब्स्क्राइबर छन्।
https://www.youtube.com/@OSRDigital

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.