‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायांकन सम्पन्न


काठमाडौँ । फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’ को छायाङ्कन सकिएको छ । दाङ र काठमाडौँ गरेर २८ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिए लगतै फिल्म सम्पादन जुटेको छ । फिल्मको निर्देशन साहित्यकार तथा गीतकार जानकी पन्तले गरेकी हुन् । पन्तको यो निर्देशनमा डेब्यु फिल्म हो ।

कुमुद पन्त, ऋचा थापा, रबिना परियार, विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती बिक लगायतको अभिनय फिल्ममा छ ।

कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा विष्णु पन्त शर्मा आचार्य निर्माण रहेको फिल्मका कार्यकारी निर्माता भोला सुवेदी हुन् । एउटा सफल अभिनेताको उतारचढाव कथाको रूपमा फिल्ममा उठाइएको छ ।

फिल्ममा महिला द्वन्द्व निर्देशक किरण दाहाल द्वन्द्व, विपिन आचार्य र ओम सुनारको सङ्गीत, सन्देश शाहको सम्पादन रहनेछ । उत्तम प्रसाद अधिकारीको एसोसियट निर्देशन रहको यस चलचित्रको प्रदर्शन मिति भने आगामी २०८३ साल तोकिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.