‘परान’ को पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक


काठमाडौं । चलचित्र ‘परान’ मा समावेश गरिएको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ आइतबार काठमाडौंमा विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । रमाइलो शैलीमा प्रस्तुत गरिएको यो डान्सिङ्ग गीतलाई दसैं पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको हो ।

विवाहको परिवेशमा तयार गरिएको गीतको भिडियोमा चलचित्रका अधिकांश प्रमुख कलाकारहरू एउटै फ्रेममा देखिएका छन् । मदनकृष्ण श्रेष्ठ, नीर शाहदेखि केकी अधिकारी, प्रविण खतिवडा, पूजा चन्द, महेश त्रिपाठी र अञ्जना बराईलीसम्म सबैले नृत्य र अभिनयमार्फत गीतलाई अझै रंगिन बनाएका छन् ।

गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.क.को स्वर सुन्न सकिन्छ । शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलले गरेका हुन् । भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् ।

दीपकप्रसाद आचार्यले निर्देशन गरेको चलचित्र ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तय भएको छ । “सासले होइन, साथले चल्ने” भन्ने ट्यागलाइन सहितको यो चलचित्र पूर्ण पारिवारिक कथामा आधारित छ, जसले पारिवारिक सम्बन्ध र सहकार्यको महत्त्वलाई जोड दिने अनुमान गरिएको छ ।

चलचित्रलाई गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो । निर्माता रञ्जित आचार्य र शेखर गोल्छा रहेको चलचित्रमा कथा दीपक आचार्यको हो भने पटकथा तथा संवाद यम थापाले तयार गरेका हुन् । छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्र डी. गुरूङले गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.