सान्या बनिन् मिस युनिभर्स नेपाल २०२५


काठमाडौं । विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । बिजेता बनेसँगै मिडियासँगको कुराकानीमा सान्याले नेपालमा पछिल्लो समय जेनजी प्रदर्शनका कारण टुरिजन क्षेत्रमा परेको असरबारे कुरा गरिन् । उनले बिदेशी पर्यटकलाई नेपाल शान्त भइसक्यो भन्ने सन्देश दिने बताइन् । उनले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दैगर्दा नेपालको टुरिजम क्षेत्रसँग अन्य बिबिध कुराको प्रबद्र्धन गर्ने बताइन् ।

मिस युनिभर्स नेपाल २०२५ राष्ट्रिय निर्देशन संगीता पुरीले विजेताहरु सबैलाई बधाई दिँदै आगामी दिनमा राष्ट्रको नाम राख्ने काम गर्नेमा विश्वास राखिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.