‘माइतीघर’ लाई सबैले हेर्न पाउने,दशैमा परिवारको रोजाईमा


काठमाडौँ। असोजको १३ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो चलचित्रको बुधबार बेलुकी सेन्सर भएको हो ।

यो चलचित्रलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातिको अवसर पारेर रिलिजमा आउन लागेको यो चलचित्रले व्यापारिक रुपमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ ।

सेन्सर बोर्डमा फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारहरुको बिषयमा कुराकानी समेत भएको थियो । सेन्सरका अधिकांश कर्मचारीहरुले लामो समयपछि एउटा उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका थिए ।

फिल्म कमेडी, पारिवारिक र भावनासँग जोडिएको भन्दै सेन्सरका कर्मचारीहरुले तारिफ गरेको निर्माणपक्षले बताएको छ । फिल्मका निर्माता रोहित अधिकारीले पनि दर्शक यसपटक निराश नहुने बताउँदै आएका छन् ।

चलचित्रको बुकिङ समेत खुलिसकेको छ । चलचित्रले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । अझैपनि केही हलमा शोज खुल्न बाँकी नै छ ।
चलचित्रलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसकाकारण, दर्शक फिल्मप्रति आशावादी र प्रतिक्षामा रहेको वुझ्न सकिन्छ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ ।

चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । रामशरण पाठकले लेखेको यो फिल्मको कथावस्तुलाई दर्शकले मन पराउने र बलियो वर्ड अफ माउथ आउने अपेक्षा गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.