काठमाडौँ। गायक हरी पौड्याल र रोजिना बस्नेतको स्वरमा सजिएको डान्सिङ गीत ‘फूलको बोटैमा’ हालै सार्वजनिक गरिएको छ। गीतका शब्द पुष्प सुनुवारले लेखेका हुन् भने सङ्गीतकार सौगात जङ्ग थापाले यसमा धुन भरेका छन्। विशाल निरौलाले एरेन्ज गरेको टिपिकल शब्द रचनामा तयार भएको यो गीतको भिडियो बालाजुस्थित स्टुडियोमा छायांकन गरिएको हो, जहाँ सुधीर श्रेष्ठ र बिना राउत जस्ता चर्चित कलाकारहरूको दमदार उपस्थिति छ।
भिडियोको निर्देशन युबराज खत्रीले गरेका छन् भने नृत्य निर्देशन सुरेश पान्डेको रहेको छ। छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन निर्देशक खत्री आफैंले गरेका छन्। घटस्थापनाको अवसर पारेर गायक हरि पौड्यालकै अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।