‘डल्लेले इन्ट्री मार्यो’ मा सागर र रोशनीको जोडी


काठमाडौँ । चलचित्र`डल्लेले इन्ट्री मार्यो´ को प्रमुख भूमिकामा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का फाइनल भएकी छिन । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र टिमले रोशनीलाई घटस्थापनाको दिन पारेर सोमबार अनुबन्ध गरेको हो ।

मिस नेपाल २०२५ मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई `डल्लेले इन्ट्री मार्यो´ मा चर्चित हाँस्य अभिनेता सागर लम्साल (बले) को जोडीका रुपमा देख्न पाइनेछ । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी,रबिन्द्र झा,ध्रुव कोइराला,सुभाष गजुरेल लगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ ।

श्याम तामाङको छायांकन,देव महर्जनको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल,बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहने चलचित्र चितवन र काठ्माडौमा खिचिने जानकारी निर्देशक गिरीले दिएका छ्न । सामाजीक कथानक हास्य प्रधान चलचित्र उषा फिल्मसको ब्यानरमा बन्दैछ । चलचित्रको सुटिङ दशै लगतै सुरु गरिने निर्माण टिमले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.