किम्फमा समलिङ्गी युवतीको ‘सुनगाभा’ प्रिमियर



सेलेब्रिटी नेपाल मंसिर १८- आउँदो शुक्रबार देखि सुरु हुने दसौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)को उद्घाटनमा केसाङ छेतेनको नयाँ डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’ देखाइने भएको छ। किम्फको समापन फ्रान्सेली फिल्मकर्मी एरिक भ्यालीको नयाँ डकुमेन्ट्री ‘हिमालयन गोल्ड रस’को विशेष प्रदर्शनीबाट हुने आयोजकले जनायको छ त्यस्तै फ्रान्समा बस्ने नेपाली चलचित्र कर्मी सुवर्ण थापाले आफ्नो नयाँ चलचित्र ‘सुनगाभा’को नेपाल प्रिमियर किम्फबाट गर्ने भएका छन्। विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भइसकेको यस फिल्ममा दुई युवतीबीचको प्रेमकथा छ।बेलायती सेनामा नेपाली युवाको भर्तीसँग गाँसिएका सामाजिक तथा ऐतिहासिक पक्ष समेटिएको डकुमेन्ट्री ‘हु विल बि अ गोर्खा’ भर्खरै नेदरल्यान्डको २४ औं ‘इन्टरनेसनल डकुमेन्ट्री फिल्म फेस्टिभल अफ एम्सटरडम’को प्रतिस्पर्धी खण्डमा सहभागी भएको थियो।
डकुमेन्ट्री ‘हनि हन्टर्स’ र अस्कर अवार्डमा मनोनित फिल्म ‘क्याराभान’बाट अन्तर्राष्ट्रिय ख्याति कमाएका एरिक भ्यालीको नयाँ डकुमेन्ट्री नेपालको दुर्गम पहाडी भेगमा गरिने यार्सागुम्बा संकलनसँग सम्बन्धित छ। ‘हिमालयन गोल्ड रस’ र ‘सुनगाभा’ किम्फपछि काठमाडौंका मल्टिप्लेक्स हलहरुमा रिलिज हुनेछन्।हिमाल एसोसियसनले १२ वर्षदेखि गर्दै आएको किम्फमा यसपालि शिक्षा विषय सम्बन्धी छोटो फिल्म प्रतियोगिताका उत्कृष्ट दस सहभागी पनि रहनेछ। राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा किम्फ पाँच दिन चल्नेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.