कार्तिक २१ मा ‘जारी २’ र ‘मन बिनाको धन’


काठमाडौँ। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण सिनेमाको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए ।

निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रमा दयाहाङ राई , मिरुना मगर , विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।

टंक बुढाथोकीको निर्देशनमा बनेको चलचित्र ‘मन बिनाको धन’ ले पहिले नै कार्तिक २१ लाई प्रदर्शन मिति तोकी सकेको छ। अब कार्तिक २१ गते ‘जारी २’ र ‘मन बिनाको धन’ एक साथ प्रदर्शनमा आउने छन्।

चलचित्र ‘मन बिनाको धन’ मा अशोक दर्जी, नीता ढुंगाना, सरोज खनाल,सन्तोष पन्त, भोला सापकोटा, बुद्दि तामाङ, रवीन्द्र झा, रमा थपलिया, रमेश विश्वकर्मा, पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल लगाएत कलाकारको अभिनय रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.