अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुँदै


काठमाडौं। नेपालमा असोज १३ गते दशैँको फूलपातीबाट रिलिज हुने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० पर्दामा एकसाथ रिलिज हुने भएको छ।  अमेरिकामा यो चलचित्रलाई आहाना पौडेल वितरण गर्नेछन्।  उनको चलचित्र वितरणमा यो डेव्यु हो।  नेपाली चलचित्र वितरक उज्ज्वल पौडेलका छोरा हुन्। पछिल्लो समय टेक्सासमा बसोबास गर्दै आएका उनले हरिवंश आचार्य स्टारर चलचित्रलाई त्यहाँको बक्स अफिसमा रिलिज गर्न लागेको जानकारी दिईसकेको छ।

उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० पर्दामा चलचित्र रिलिज गर्न लागेको हो।  टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा चलचित्र लाग्नेछ ।

त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा चलचित्र रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रलिई दिपेन्द्र के खनालले निर्देशन गरेका छन्।  चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.