मंसिर तेश्रो साता दुइ भिन्न अवार्ड सम्पन्न हुँदै


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गएको महिना हंगकंगमा एकै साता दुइ नेपाली सिनेमाका अवार्ड कार्यक्रम सम्पन्न भएका थिए संयोग फेरी काठमाडौँमा दुइ अवार्ड एकै साता हुने भएका छन् ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ र ‘डी सिने अवार्ड २०७१’ दुइ दिनको फरकमा आयोजना हुने भएका छन्। डी सिने अवार्ड मंसिर १७ गते हुने छ भने ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ आगामी मंसिर १५ गते आयोजना गरिने भएको छ। nepali-film-awards
कामना मासिक पत्रिकाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा पहिलो पटक आयोजना गर्न लागेको ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ आगामी मंसिर १५ गते आयोजना गरिने भएको छ। कामना मासिकले आफ्नो ३१ औं वार्षिकोत्सवको दिन पारेर सो दिन अवार्ड गर्न लागेको हो। अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ। यसबर्षबाट सुरु हुन लागेको अवार्डमा २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्र सामेल भएका छन्।

कलाकर्मीकै निष्पक्ष मूल्यांकन र सम्मानका लागि यो अवार्डको थालनी गरिएको कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले बताए । अवार्ड प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धी रुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ। कुल ३१ विधामा प्रदान गरिने अवार्ड समारोहमा यसै क्षेत्रमा जीवन बिताउने कलासाधकलाई १ लाख रुपैंया नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.