काठमाडौँ। देशभर भएको जेन जीको प्रदर्शनपछि उत्पन्न घटनामा ज्यान गुमाएका युवाको शोकमा सिनेमा हल बन्द गरिएको छ। चलचित्र संघको आह्वानमा मंगलबार देशभरका १६५ सिनेमा हलहरू बन्द भएका हुन् ।
संघले विज्ञप्ति जारी गर्दै शोकमा हल बन्द गरिएको र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको जनाएको छ। संघले प्रहरीको गोलीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेको छ।