थानेश्वरको स्वरमा चलचित्र ‘रिमै’‘ को दोश्रो गीत सार्वजनिक


काठमाडौँ। आगामी शुक्रबार अर्थात् भदौ २० गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ ।

गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना रहेको छ । गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। यो गीतको सार्वजनिक भिडियोमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङका चल अचल दृश्य समेटिएका छन् । यो गीतले सिनेमाप्रती दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । सिनेमाका यसअघि सार्वजनिक गीत, पोस्टर, टिजर तथा ट्रेलरले दर्शकमाझ राम्रो हाइप पाइसकेका छन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस्को प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको चलचित्रलाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको चलचित्रमा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्रमा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.