काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘प्रेम गीता’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले चलचित्रको १ मिनेट ११ सेकेण्डको टिजर ओएसआरको युटुब च्यानलमार्फत सार्वजनिक गरेको हो। टिजरमा चलचित्रका मुख्य कलाकार जाहन्वी बस्नेत,साजिद खान,सुशिल पोखरेल लगायतलाई देख्न सकिन्छ।
समसायिक कथामा बनेको चलचित्रको टिजरले केहि कथा रहस्य रहेको खुलाउन खोजेको छ। यो चलचित्रमा प्रेमपछिको विछोडको कुरालाई उठाउन खोजेको हो की भन्ने बुझ्न सकिन्छ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ।
साजिद खान प्रस्तुतकर्ता रहेको चलचित्रमा अयाज अलि खान निर्माता छन्। विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । निर्देशक बस्नेतले यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। चलचित्र माघ २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।