आविष्कारक महावीर पुनको अडियो बुक मोमो एपमा


काठमाडौं। आविष्कारक तथा समाजसेवी महावीर पुनद्वारा लेखिएको पुस्तक अब मोमो एपमा अडियो स्वरूपमा सुन्न सकिने भएको छ। मोमो एपले आज उक्त पुस्तकलाई अडियो संस्करणमा सार्वजनिक गरेको छ। अडियोमा आवाज महावीर पुनकै सुन्न सकिनेछ। जति पाठकले किताव पढ्न पाउनु भएको छैन अब घरमै बसेर अडियोमा सुन्न सक्नुहुनेछ।

यससँगै प्रयोगकर्ताहरूले मोबाइलमार्फत पुस्तकलाई सजिलै सुन्न सक्ने सुविधा पाउने छन्। मोमो एपले यसलाई ज्ञान, सिर्जना र प्रेरणा प्रसार गर्ने उद्देश्यले अडियो स्वरूपमा ल्याएको बताएको छ। यस अडियो बुकबाट संकलित सम्पूर्ण रकम सोझै महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रमा जानेछ । म्युजिक नेपालको मोमो एपले यसलाई ज्ञान, सिर्जना र प्रेरणा प्रसार गर्ने उद्देश्यले अडियो स्वरूपमा ल्याएको बताएको छ। गुगल प्ले स्टोरबाट मोमो एप डाउनलोड गर्न सकिन्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.