गजलकार हरि मानन्धरको एल्बम सार्बजनिक


 

 


सेलेब्रिटी नेपाल मंसिर १७ – इजरायलमा बस्दै आएका हरि मानन्धर एकल रचनामा गजल एल्बम ‘विवश’ लिएर श्रोतामाझ आएका छन् ।
एल्बमको आज एक कार्यक्रमका बीच साहित्यकार कृष्णहरि बरालले विमोचन गरे । इजरायल गएको ५ बर्षपछि र्फकदा उनी सुमधुर कृति लिएर श्रोतासामु आएका हुन् । उनले प्रवासमा रहँदा देखेका, भोगेका क्षणहरुलाई गजलमा उतारेका छन् ।
कार्यक्रममा उनको एल्बममा रहेको ‘जे बनायो जिन्दगीले..’ बोलको सत्यराज आचार्यले गाएको गजलको म्युजिक भिडियो देखाइएको थियो । त्यसमा गजलकार मानन्धर स्वयंले अभिनय गरेका छन् । उनको संग्रहमा ‘जे बनायो जिन्दगीले,’ ‘हर चिज राम्रो लाग्छ,’ ‘छाडेर गएछौ,’ ‘सुन्दरीका पछि लाग्ने,’ ‘आँशु बगाएर,’ ‘पलपल यादमा’ लगायतका बोलका गजल समेटिएका छन् । ती गजलमा चर्चित गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, अन्जु पन्त, शिव परियार, निशा देशार र मनोजराजले स्वर दिएका छन् । सबै गजलमा संगीत गैरे सुरेशको छ ।