‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक


काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ। भदौ २७ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

सार्वजनिक ट्रेलरमा पैसाको लोभमा एक युवकले भोग्ने संघर्षको कथा प्रस्तुत गरिएको छ। प्रेमको बहानामा आफ्नै प्रेमिकालाई अपहरण गर्ने, उसकै बुबासँग फिरौती रकम असुल्ने र पैसाको खेलमा उल्झिँदै जाने कथाले ट्रेलरलाई रोचक बनाएको छ।

घरबार विहीन युवकले पैसाका लागि गर्न सक्ने हरेक काम, त्यसमा जोडिने गलत मनोविज्ञान, र पैसाकै पछाडि लाग्दा मान्छे कस्तो चक्रव्यूहमा फस्छ भन्ने यथार्थलाई ट्रेलरले उजागर गरेको छ।

फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।

सुशान्त गौतम निर्देशित यो चलचित्रलाई विनोद पौडेल र गुञ्जन गिरीले निर्माण गरेका हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् भने कार्यकारी निर्माता विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

फिल्मको लेखन मुकेश खनालको हो। क्रिएटिभ निर्देशक मदन थापा रहेका छन् भने शरद महतोले छायांकन, मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रंग सम्योजन र मदन घिमिरेले सम्पादनको जिम्मा सम्हालेका छन्। जीवन शाक्य लाइन प्रोड्युसर हुन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.