चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न,सलोन र नम्रताको जोडी


काठमाडौँ। आज ऋषि पंचमीको दिन बिसेष साइतमा पुजा पाठ गर्दै चलचित्र ‘स्त्री’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ। राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजना गरिएको विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरिएको हो। जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने चलचित्र यहि भदौ १४ गतेबाट छायांकनमा जानेछ। काठमाडौँ आसपासमा चलचित्रको ३५ दिन छायांकन सेड्युल रहेको निर्देशक शाहीले बताए।

मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई र डाक्टर सुकदेव बिस्ट निर्माता रहेका छन्। यस चलचित्रलाई जीवन शाहिले निर्देशन गर्नेछन्। निर्देशक शाहीकै कथामा पटकथामा निर्देशक जीवन शाही र किशन अर्यालले तयार परेका हुन् । चलचित्रको छायांकन रामशरण उप्रेतीले गर्नेछन्। चलचित्रमा बाबुल गिरीको संगीत, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजरमा सुबास काफ्ले, द्वन्द्व निर्देशनमा देव महर्जन, प्रमुख सह निर्देशकमा चन्द्र भण्डारी तथा मेकअपमा श्याम बराल रहनेछन्।

सामाजिक कथामा बन्ने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ। बालकलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलावलको अभिनय रहनेछ।

चलचित्रको ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन्। शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.