माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते


काठमाडौँ। कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ घाइते भएका छन् । उनी, ब्याडमिन्टन खेल्ने क्रममा चिप्लिएर लडेका थिए । उनको दाहिने कुहिनो भुइँमा बज्रिएको थियो । उनको दाहिने कुममा समस्या देखिएको हो । तर, हातमा समस्या देखिँदा पनि उनी हल पुगिरहेका छन् । हलमा पुगेर उनले दर्शकसँग भेटघाट गरेका छन् ।

शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले उत्साहजनक व्यापार गरिरहेको छ । आज रिलिजको छैटौँ दिनमा पनि फिल्मको व्यापार सुखद छ । दर्शकबाट सुखद प्रतिक्रिया पाएपछि केदार उत्साहित छन् । हलमा भेटिएका केदारले आफूलाई निकै पीडा भइरहेको बताए । केदारले आफ्ना फिल्मको प्रचार र छायांकनमा केही असर पर्ने बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.