काठमाडौँ। दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ।
निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यस चलचित्रको टिजरले कथावस्तु, चरित्र चित्रण र चलचित्रका विभिन्न आयामलाई दर्शाउने प्रयास गरेको छ।
चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने,कमलमणि नेपाल लगाएतको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। चलचित्रमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको छ। छायांकन कृष्णबहादुर थापाले गरेका छन् भने सम्पादन नहकुल खड्काले गरेका छन् ।