अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’ टिजर सार्वजनिक


काठमाडौं । असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक १ मिनेट ५२ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुलाई खुलाउने प्रयास गरेको देखिन्छ । सुयोग गुरुङ निर्देशित चलचित्रको कथावस्तु विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रीत छ ।

सरोज न्यौपानेको प्रस्तुतिमा तयार फिल्म ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो ।

चलचित्रको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.