आ बाट आमा’ मा साइग्रेस पोखरेल अनुबन्धित


काठमाडौं। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म ‘आ बाट आमा’ साइग्रेस पोखरेल अनुबन्ध गर्दै कलाकारको लाइनअप पुरा भएको छ। निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको हो।

साइग्रेस मोडल तथा सामाजिक संजालका कन्टेन्ट क्रिएटर हुन्। उनका भनाईहरु सामाजिक सञ्जाल तथा टिकटकमा रुचाइएका छन्। चन्द्र पन्तको निर्देशन,कथा तथा पटकथामा निर्माण हुन लागेको यो फिल्म भदौ १२ गतेबाट छायांकनमा निस्किदैछ। त्यस कारण निर्माण पक्षले फिल्मको लागि कलाकार तथा प्राविधिक पक्षलाई धमाधम फिल्ममा अनुबन्ध गरेको हो।

साइग्रेसलाई अनुबन्ध गर्नु केहि दिनअघि यस फिल्मका लागि मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई अनुबन्ध गरिएको थियो। अब यस फिल्ममा साइग्रेस,उषाका अलवा पल शाह सदाबहार अभिनेत्री विपना थापा,दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ।

कृष्ण प्रसाद सुवेदीले निर्माण गर्न लागेको यस फिल्ममा ध्रुब न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन्। यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा छितिज ढुङ्गाना रहेका छन्। यो फिल्मको विदेश राइट्स हिजो मात्रै बिक्री भएको थियो। अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो।

हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ।

Copyright © 2012 - 2026 | All Right Reserved.