दिनेशको आफ्नै स्वर,शब्द र संगीतमा ‘उपहार’


(सेलिब्रेटी नेपाल) काठमाडौँ
बिगत १६ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय चर्चित ब्याण्ड “डी मोर्चा”का लिड गीतारिस्ट दिनेश सुनार आफ्नो पहिलो सोलो एल्बम ‘देशना” मार्फत दर्शक श्रोतामाझ फर्किएका छन्। आफ्नै स्वर,शब्द र संगीतमा एल्बम ‘देशना’ अर्थात् ‘उपहार’ मार्फत उनि नेपाली सांगीतिक क्षेत्रमा केहि बर्षको अन्तराल पछि फर्किएका हुन्।singer-dinesh
मोक्ष ब्याण्ड मार्फत गायकको परिचय बनाई सकेका दिनेशले नेपालमै पहिलो पटक एकोएस्टिक सिंगिंग पिकिंग गितारसहित नेपाली मौलिक बाद्यबादन ‘सनाई’ प्रयोग गरी सोलो पप एल्बम बजारमा ल्याएका हुन्। पल्स म्युजिकमार्फत गोपाल रसाइलीले एरेन्ज गरेको एल्बममा ‘ओ हेर’,’म सक्दिन’,’हेर न हेर’,’जहाँ छ जीवन’,’तिमी आउछौ भने’,’संगै बाचौ’ गरी ६ वटा गीत समाबेश गरिएको छ। तिन वटा गीतको भिडियो समेत बजारमा आइ सकेको छ।