संगीतकार खड्गीलाई ‘एम्वासडर फर पिस’ सम्मान


काठमाडौं। गायक तथा संगीतकार खड्गीले आफ्नो लामो संगीत यात्रामा अर्को विशेष सम्मान प्राप्त गरेका छन्। युवा दिवसको अवसर पारेर २०२५ अगस्ट १२ मा उनलाई ‘एम्वासडर फर पिस’ बाट सम्मानित गरिएको हो।

खड्गीको संगीत यात्रा २०५० सालमा रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गर्दै सुरु भएको हो। त्यसपछि उनले बुलु मुकारुङ, भुपेन्द्र रायमाझी, कृष्णमान, इस्वर जोशी लगायतका ख्यातिप्राप्त संगीतकारहरूको संगीतमा गीत गाएका छन्। २०५६ सालमा ‘तिमी बिना बाँच्न सक्दिन’ गीतमार्फत हिट्स एफएम अवार्डमा गायन विधामा नोमिनेसनमा परेपछि उनले पछाडि फर्कनु परेन।

संगीत शिक्षा उस्ताद कुमारलाल श्रेष्ठ र उस्ताद मोहन प्रसाद जोशीसँग प्रसिक्षण लिएर, भारतको इलाहाबादबाट शास्त्रीय गायनमा डिप्लोमा परीक्षा स्वर्णपदकसहित उत्तीर्ण गरेका उनी विभिन्न संगीत विधामा अध्ययन गर्दै आएका छन्। पेशाले हाल संगीत संयोजकका रूपमा सक्रिय रहेका खड्गीले आफ्नै आवाजमा थुप्रै गीत रेकर्ड गरिसकेका छन्। साथै, आनन्द कार्की, रामकृष्ण ढकाल, मुरलीधरदेखि लिएर थुप्रै नयाँ–पुराना गायक–गायिकासँग काम गरिसकेका छन्।

२०१३ मा जापानी राजदूतावासद्वारा आयोजित जापानी भाषा कराओके प्रतियोगितामा प्रथम स्थान हासिल गरिसकेका खडगी विभिन्न संघ–संस्थाबाट सम्मानित भइसकेका छन्। हाल प्राप्त’एम्वासडर फर पिस’ सम्मानका लागि उनले सदाबहार गायक आनन्द कार्की र गीतकार प्रकाशबाबू थापाप्रति आभार व्यक्त गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.