काठमाडौं । तिहारको अबसरमा आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ । निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत फिल्मिङ्गमा व्यस्त छ ।
निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो । कथाको माग अनुसार आवश्यक दृश्य छायांकनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए । प्राप्त तश्विरमा अनमोल र आँचल रोमान्टिक अबतारमा देखिन्छन् । एक गीतको छायांकन सकेर शनिबार नेपाल फर्किनेछ ।
अनन्या फिल्मस् प्रालीको ब्यानरमा तयार यो फिल्मको केहि हप्ता पहिले पोस्टर सार्वजनिकसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ । असोज ३१ मा ‘जेरी अन टप’ सोलो रिलिज हुनेछ ।
फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की प्रमुख अभिनयमा छन् ।
फिल्म निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानिमा साझेदारी गरेका छन् । यो फिल्मको कथा हेमराज बिसीको हो । कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा रहँदा दुलिप रेग्मीको छायांकन छ ।
हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् ।