‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गर्दै, दर्शकको चाप उच्च


काठमाडौं । शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘मोहर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले शनिबार दर्शकको पनि उच्च चाप पाएको छ ।

काठमाडौंका साथै मोफसलका हलहरुमा पनि दर्शकको भीड देखिएको छ । नेपालगञ्जका हलहरुले हिन्दी फिल्मका शोज कटौती गरी ‘मोहर’का शो थपेका छन् । पोखरा, बुटवल, चितवन लगायतका शहरमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ ।

शनिबार निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हलमा दर्शकसँग भेट्न पुगेका थिए । अष्टनारायण हलमा दर्शकको भीड लागेको थियो भने पल शाहले दर्शकलाई धन्यवाद दिए ।

नायिकाद्धय बेनिशा र नीति शाहले दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित रहेको बताए । आइतबार पनि फिल्मले उच्च ओकुपेन्सी पाएको distributor करण श्रेष्ठले जानकारी दिए ।

‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली फिल्मको व्यापारीक खडेरी तोड्न सफल भएको वितरक श्रेष्ठले बताए ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको ‘मोहर’मा चुम्बन जंग शाही लगानीकर्ता छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.