‘मिस एण्ड मिसेस युनिभर्सल सिजन ४’ का लागि आवेदन खुला, दोस्रो अडिसन हुँदै


काठमाडौँ। स्पार्कल इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिस एण्ड मिसेस युनिभर्सल सिजन ४’ का लागि आवेदन खुला गरिएको छ। सिजनको पहिलो अडिसन शनिबार सम्पन्न भइसकेको छ भने दोस्रो अडिसन साउन ३१ गते हुने तय भएको छ।

पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए। प्रतियोगिताको अफिसियल कोरियोग्राफर अन्जल कुँवर र कार्यक्रम संयोजक अस्मिता राई (अमृता) रहेका छन्।

आयोजकका अनुसार, ग्राण्ड फिनाले असोज ३ गते प्रदर्शनी मार्गस्थित नेपाल प्रहरी क्लबमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखिएको छ।

कार्यक्रमका अध्यक्ष नितु श्रेष्ठका अनुसार, प्रतियोगिताले सहभागी महिलाको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा योगदान पुर्‍याउनेछ। उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र पर्याप्त अवसरमार्फत महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको उल्लेख गरिन्।

Copyright © 2012 - 2026 | All Right Reserved.